काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सरकारका नवनियुक्त मन्त्रीलाई प्रमुख दलका नेताहरुले बधाई तथा शुभकामना दिएका छन् ।
शुक्रबार शपथ लगत्तै उनीहरुलाई नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्माओली र नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहालुर देउवाले बधाई दिएका हुन् ।
नेपाली काँग्रेसका सभापति थापाले शाहलाई बधाई दिँदै देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने बताएका छन् ।
यस्तै नेकपा एमालेका अध्यक्ष ओलीले बधाई ज्ञापन गर्दै नयाँ सरकारलाई सफल कार्यकालको शुभकामना दिएका छन् । यता नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहालुर देउवाले बधाई सहित कार्यकालको शुभकामना दिएका छन् ।


























































