काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनियताको शपथ तथा पदबहाली गरेसँगै मन्त्रिपरिषद्को पहिलो बैठक बस्ने तयारी भएको छ । शुक्रबार अपराह्न पदबाहाली भएलगत्तै मन्त्रीहरु प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेका छन् ।
जहाँ केहीबेरमा नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद्ले केही महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेनलाई नेपालको संविधानको धारा ७६ ९१० अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । सोही अनुसार उनले आजै शपथ लिँदै १५ सदस्यीय मन्त्रीमण्डल समेत बनाएका छन् ।


























































