काठमाडौँ- नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार अलोकतान्त्रिक र अधिनायकवादी चिन्तनबाट अगाडि बढिरहेको आरोप लगाएका छन्।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै सांसद बरालले सरकार निर्वाचित अधिनायकवादी सोचतर्फ उन्मुख भएको आरोप लगाएका हुन्। उनले सरकारले सय दिन पुरा गर्दैगर्दा सत्ता पक्षबाट आएका विरोधाभासपूर्ण अभिव्यक्ति र प्रधानमन्त्रीको कार्यालयबाट सुरु गरिएको संविधान संशोधनको प्रक्रियाप्रति समेत गम्भीर असहमति रहेको धारणा राखेका छन्।


ADVERTISEMENT

# # #


बरालले संसदीय अभ्यासभित्र प्रतिनिधिसभा सञ्चालनको नियमावली जबर्जस्ती पारित गरिएको दृश्यले सत्ताधारी दललाई गिज्याएको र यसले कानुनी राज्यको मर्यादा मिचेको आरोप लगाएका छन्।

सांसद  बरालले संवैधानिक आयोगहरूमाथि एकपछि अर्को हमला गरेर कानुनी राज्यमाथि नै प्रश्न खडा गराइएको, कानुनी राज्यको मान्यता विपरीत महान्यायाधिवक्ताको कार्यालयले जेन्जी आन्दोलनका अभियुक्तहरूको मुद्दा पेसी स्थगन गर्न ठाडो आदेश दिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले बलियो अर्थतन्त्र निर्माणको आधार खडा गर्ने दाबी गरेको वर्तमान सरकार गठन भएयता नेप्सेमा आएको गिरावटले स्थिर आर्थिक आधार बन्न नसकेको प्रष्ट पारेको तर्क गरेका छन्।