काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना गर्दै औपचारिक कार्य प्रारम्भ गरेको छ ।


ADVERTISEMENT


सोमबार काठमाडौँको चुनदेवीमा पार्टीका संस्थापन इतर नेताहरुले १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना गर्दै औपचारिक कार्य प्रारम्भ गरेका हुन् ।


ADVERTISEMENT

# # #


कार्यालय उद्घाटनसँगै १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक बसेको र समसामयिक राजनीतिक विषय र महाधिवेशनका एजेन्डाहरूमाथि छलफल भएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिएका छन् ।

बैठकमा पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ’विशेष महाधिवेशन’ र ’नियमित महाधिवेशन’ का विषयमा विगतदेखि देखिएको विवाद र हालसम्मका गतिविधिहरूबारे स्पष्ट पार्नुभएको उनले बताएका छन् ।

पार्टीलाई विभाजन हुनबाट जोगाउन शीर्ष नेताहरू, पूर्व पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूले लगातार ५ महिनादेखि प्रयत्न गरे पनि संस्थापन पक्षका कारण ठोस परिणाम आउन नसकेको संस्थापन इतर समूहको निष्कर्ष छ । नेता विश्वकर्माले पार्टीको नेतृत्वमा रहेकाहरुबाट पार्टी एकताका लागि कुनै पनि सार्थक पहल हुन नसकेको र उनीहरूका कतिपय अभिव्यक्तिले एकतामा थप खलल पु¥याएको उल्लेख गरेका छन्।

उनले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक मंगलबार बस्ने र १५औँ महाधिवेशनको कार्यतालिका बनाउने जानकारी गरेका छन् ।

त्यस्तै आगामी साउन ६ गते बीपी स्मृति दिवस मनाउनका लागि समेत मंगलबारको बैठकले आवश्यक निर्णय गर्ने बताएका छन् । १५औँ महाधिवेशनलाई ’एकताको महाधिवेशन’ का रूपमा सफल बनाउनका लागि सम्पर्क कार्यालय स्थापना गरिएको विश्वकर्माले जानकारी दिएका छ्न् ।