काठमाडौं – बुधबार बिहान रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण ठुलो संख्यामा पर्यटकहरू बेपत्ता भएका छन् ।


ADVERTISEMENT


नेपाल पर्यटन बोर्डले बुधबार जारी गरेको दोस्रो स्थिति प्रतिवेदन अनुसार, हालसम्म ३८४ जना पर्यटक तथा पदयात्रीहरूको अवस्था अज्ञात रहेको छ । बोर्डका अनुसार बुधबार बिहान करिब ८ः३० बजे भोटेकोशी नदीमा अचानक भीषण बाढी आएको थियो । बेपत्ता हुनेहरूमा २९१ जना विदेशी नागरिक र ९३ जना नेपाली नागरिक रहेका छन् ।


ADVERTISEMENT

# # #


नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य सरोकारवाला निकायहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको खोजी तथा उद्धारका लागि समन्वय गरिरहेका छन्। बोर्डलाई पर्यटन एजेन्सीहरूले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्क अनुसार सबैभन्दा बढी ट्रेकर्स सोसाइटी मार्फत गएका ९२ जना र सम्राट टुर एण्ड ट्राभल्स मार्फत गएका ७१ जना बेपत्ता भएका छन् । अन्य प्रभावित एजेन्सीहरूमा लिफ होलिडे ५५, हिमालयन ग्लेशियर ५२, माउण्टेन गाइड र अन्य रहेका छन्।

बेपत्ता हुने विदेशी पर्यटकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकाका नागरिकहरू रहेका छन् । केही पर्यटकहरूको राष्ट्रियता खुल्न अझै बाँकी रहेको बोर्डले जनाएको छ ।