काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका प्रवक्त एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटालाई कानुनी कारबाही गर्न माग गर्दै संसद अवरुद्ध गरेको छ ।


ADVERTISEMENT


सञ्चारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग ७० करोड कमिसन बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएपछि कांग्रेसले कारबाही माग गर्दे संसद अवरुद्ध गरेको हो ।


ADVERTISEMENT

# # #


बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आफ्नो सिटमा उभिएका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाललाई बोल्न समय दिए । संसदमा बोल्दै कांग्रेस सचेतक भुषालले मन्त्री बाँस्कोटालाई पदबाट बर्खास्त गरेर मात्रै नपुग्ने र कानुनी कारबाही पनि गरिनु पर्ने बताइन् ।

सम्बन्धित समाचार
– सञ्चारमन्त्री बाँस्कोटामाथि ७० करोड कमिसन मागेको आरोप (अडियोसहित)
– सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल वर्खास्त गरी अनुसन्धान थालियोस् : कांग्रेस
– सञ्चारमन्त्री बाँस्कोटालाई तुरुन्त वर्खास्त गर्न साझा पार्टीको माग
– सञ्चारमन्त्री बाँस्कोटालाई वर्खास्त गर्न माग गर्दै कांग्रेस सांसदद्वारा राष्ट्रियसभा अवरुद्ध

त्यसपछि सभामुख सापकोटाले कांग्रेस सांसदलाई बस्नका लागि पटकपटक आग्रह गर्दा पनि नभएपछि संसद बैठक स्थगित भएको घोषणा गरे । प्रतिनिधिसभाको अर्को बैठक फागुन १३ गते दिउँसो १२ बजे बस्नेछ ।