काठमाडौँ – सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्काटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग ७० करोड कमिसन बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


आफूबारे प्रश्न उठेकाले प्रधानमन्त्री केपी ओली समक्ष नैतिकताका आधारमा राजीनामा दिएको सञ्चार मन्त्री बाँस्कोटाले ट्वीटरमार्फत जानकारी गराएका छन् । ट्वीट गर्दै उनले भनेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु ।’


ADVERTISEMENT

# # #


यसअघि आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल गोकुल बाँस्कोटालाई पदबाट वर्खास्त गरी घटनाबारे छानबिन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो ।

यस्तै मन्त्री बाँस्कोटालाई नेकपाकै सांसदहरुले राजीनामा दिन सुझाव दिएका थिए । आज बिहान मात्रै नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सञ्चारमन्त्रीको विषयबारे छलफल भएको थियो ।

यसअघि बुधबार राती ‘हाम्रा कुरा’ नामक अनलाइनले सञ्चारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस स्थापनाका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग ७० करोड कमिसन मागेको अडियो सहितको समाचार सार्वजनिक गरेको थियो ।

सम्बन्धित समाचार

– सञ्चारमन्त्री बाँस्कोटामाथि ७० करोड कमिसन मागेको आरोप (अडियोसहित)
– सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल वर्खास्त गरी अनुसन्धान थालियोस् : कांग्रेस
– सञ्चारमन्त्री बाँस्कोटालाई तुरुन्त वर्खास्त गर्न साझा पार्टीको माग
– सञ्चारमन्त्री बाँस्कोटालाई वर्खास्त गर्न माग गर्दै कांग्रेस सांसदद्वारा राष्ट्रियसभा अवरुद्ध

– कांग्रेसद्वारा संसद अवरुद्ध, सञ्चारमन्त्री बाँस्कोटालाई कानुनी कारबाही गर्न माग