आबुधाबी — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट युएईमा दुई जनाको मृत्यु भएको छ । युएईको स्वास्थ्य मन्त्रालयले शनिबार बिहान दिएको जानकारीअनुसार शुक्रबार २ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हो ।


ADVERTISEMENT


मृत्यु हुनेहरुमा एक जना युरोपबाट फर्किएका ७८ वर्षका नागरिक रहेको र हृदयघातका कारण उनको मृत्यु भएको बताइएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै अर्का ५९ वर्षीय एसियाली मूलका व्यक्तिको पनि मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड–१९ बाट संक्रमित भए पनि उनमा श्वासप्रश्वास र मिर्गौलाको रोगी रहेको बताइएको छ । शनिबार बिहानसम्म युएईमा २ जनाको मृत्यु भएको छ भने १४० जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट गत डिसेम्बरबाट सुरु भएको कोभिड संक्रमण अहिलेसम्म विश्वका करिब १८० देशमा फैलिइसकेको छ । शनिबार बिहानसम्म यसको संक्रमणबाट ११ हजार ४ सय २ जनाको मृत्यु भएको छ भने २ लाख ७५ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै विश्व स्वास्थ्य संगठनका अनुसार करिब ९१ हजार जना निको भएका छन् ।