काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण थप एकजनाको ज्यान गएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्याङ्गजाको वालिङ नगरपालिका वडा. ३ का ५८ वर्षीय एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


ती व्यक्तिमा हिजो कोरोना संक्रमण पुष्टी भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन वार्डमा राखेर शुरु गरिएको थियो । उनी लामो समयदेखि मृगौला रोगबाट पीडित भएको पाइएको छ । ६ महिना अघि मात्रै उपचारका लागि भारतको मुम्बई गएर जेठ २१ मा नेपाल फर्किएका थिए ।

यससंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हेनेको संख्या १४ पुगेको छ ।

यसअघि सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बाराका ७० वर्षीय पुरुष, दैलेखका ३५ वर्षीय पुरुष, ललितपुरका ५६ वर्षीय पुरुष, अर्घाखाँचीका ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका ७६ वर्षीया पुरुष, पाल्पाका ४५ वर्षीय पुरुष, सुर्खेतका २८ वर्षीय पुरुषले कोरोनाका कारण ज्यान गुमाएका थिए ।  शनिबार मात्रै डोल्पाका एक पुरुष  र धनगढीकी एक महिलाको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ । जसमध्ये ४८८ जना उपचारपछि निको भएका छन् भने बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आज मात्रै ३१४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।