काठमाडौँ– विकास निर्माण कार्यलाई उच्च प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।


ADVERTISEMENT


काठमाडौँ निर्वाचन क्षेत्र नं ४ स्थित कपनमा आयोजना गरेको सडक निर्माणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरुले विकास निर्माण कार्यलाई बढी व्यवस्थित र जनकेन्द्रीत बनाउनुपर्दछ भने ।


ADVERTISEMENT

# # #


निर्माण व्यवसायीको गैरजिम्मेवार व्यवहार र सेवाभन्दा नाफालाई बढी ध्यान दिने गरेकाले सडक निर्माणमा केहि समस्या आएको उनीहरुले गुणासो व्यक्त गरे।

सो अवसरमा नेपाली काँग्रेसका नेता एंव काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले सडक निर्माणमा देखिएका समस्या समाधानका लागि आफूले पहल गर्ने बताउँदै सामान्य समस्या देखाएर बाहना नगर्न सम्बन्धीत निकायलाई आग्रह गरे ।

“अब पनि बाहनामा काममा ढिलाई गर्नु हुँदैन्,” उनले भने – सबैभन्दा काम मूल्यमा टेण्डर हाल्नेलाई काम गर्न दिने व्यवस्थाले निर्माण व्यवसायी गैरजिम्मेवार बन्दै गएकाले योे व्यवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।

नेता थापाले टेण्डर हाल्ने बेलामा थोरै मूल्य राख्ने र पछि नाफा भएन भनेर निर्माण व्यवसायी आफैँले तोकेको रकममा काम गर्न जाँगर नगर्ने प्रवृत्तिका कारण समयमा गुणस्तरीय काम हुन नसकेको बताए ।

सडक विभागका महानिर्देशक गोपाल सिग्देलले कपनमा निर्माण भइरहेका सडक योजनाको कार्य अन्तिम चरणमा पुगेकाले यहाँको रुप चाँडै नै फेरिने बताउँदै आफू हरेक १५ दिनमा सडक अनुगमनका लागि कपन आउने प्रतिबद्धता व्यक्त गरे ।

सडक विभागका क्षेत्रीय निर्देशक शिवहरि सापकोटाले उपत्यका विकास प्राधिकरण र विद्युत् प्राधिकरणसँग बुधबार छलफल गरेर सडक निर्माणमा देखिएको अबरोध फुकाउने विश्वास दिलाए।

कार्यक्रममा निर्माण व्यवसायीले अनेक विवाद र प्राविधिक समस्याका कारण सहजरुपमा काम गर्न नपाएको गुणासो व्यक्त गरे । रासस