काठमाडौँ – शनिवार सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको सबै नतिजा सार्वजनिक भएको छ । आइतवार सम्पन्न मतगणनापछि महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् ।


ADVERTISEMENT


सहमतिका लागि प्रयास गरिएपनि सहमति हुन नसक्दा ढकाल र किशोर प्रधान प्यानलसहित निर्वाचनमा होमिएका थिए ।


ADVERTISEMENT

# # #


यसैगरी महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा प्रधान प्यानलका दिनेश श्रेष्ठ र वस्तुगततर्फ प्रधान प्यानलकै अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । एशोसिएट्टर्फको उपाध्यक्षमा ढकाल पक्षबाट रामचन्द्र संघाई उपाध्यक्षमा निर्वाचित भएका छन्।

जिल्लानगर कार्यसमिति सदस्यमा प्रधान पक्षबाट १२ र ढकाल पक्षबाट ६ जना निर्वाचित भएका छन् । निवार्चित हुनेमा राजन श्रेष्ठ, तारानाथ घिमिरे, शोभकान्त पौडेलले, कमल श्रेष्ठ, गजेन्द्र भगतले, चक्र बहादुर अधिकारी, अरुण सुमार्गी, देवकुमार श्रेष्ठ र रामेश्वर मानन्धर रहेका छन् । यसैगरी कमनबहादुर खड्का, सुरकृष्ण वैद्य, कुबिरकुमार श्रेष्ठ, डिबी बस्नेत, उमेश डालमिया, किशोरकुमार आचार्य, महेन्द्रकुमार श्रेष्ठ, अमृत भट्टचन र गोपाल कौडियाले जिल्लानगर कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

यसैगरी वस्तुगत समुहमा नरेश लाल श्रेष्ठ, सुमित कुमार केडिया, आकाश अधिकारी, प्रकाश सिंह कार्की, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, हेमराज ढकाल, अरनिको राजभण्डारी, गोबिन्द ढुंगेल, मनिषलाल प्रधान, मीनमान श्रेष्ठ, विष्णुप्रसाद गैरे, सन्दिपकुमार अग्रवाल र सुकुन्तलाल हिराचन निर्वाचित भए।

यस्तै एसोसिएट्स समुहमा अम्बिकाप्रसाद पौडेल, अविनाश बोहोरा, आनन्दकुमार अग्रवाल, कृष्णलाल महर्जन, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ , देशबन्धु बस्नेत, प्रवलजंग पाण्डे, भरतराज आचार्य, रञ्जितराज आचार्य, राजशेकुमार अग्रवाल, विजयसिंह वैद्य, शक्तिकुमार बेगानी, शाहिल अग्रवाल, शैलेन्द्र गुरागाई, सुशील थापा, सञ्जय गिरी र हेमन्त गोल्छा निर्वाचित भएका छन् । विराट थापा र मंगेशलाल श्रेष्ठले बराबरी ४९७ मत ल्याएकोमा गोलाप्रथाबाट बिजयी छानिने निर्वाचन आयोगले जनाएको छ ।

महासंघको प्रदेशतर्फ २ नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा विजयकुमार शाह, गण्डकी प्रदेशबाट बाबुराम गिरी, लुम्बिनी प्रदेशबाट जसमेर मियाँ, कर्णाली प्रदेशबाट लालिमान बुढा र सुदुरपश्चिम प्रदेशबाट पुष्पराज कमर विजयी भएका छन् ।
प्रदेश १ बाट ढकाल प्यानलका राजेन्द्र राउत यसअघि नै निर्विरोध भइसकेका छन् भने बागमति प्रदेशको नतिजा सार्वजनिक हुन बाँकी रहेको छ ।

कोभिड १९ का कारण गत वर्ष चैतदेखि रोकिएको महासंघको ५४ औँ साधारण सभा मंसिर ११ देखि शुरु भएको थियो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अबको नेतृत्व सम्हाल्नेछन् ।

महासंघमा जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ १०७, वस्तुगततर्फ १०१, द्धिराष्ट्रिय उद्योग वाणिज्य संघतर्फ १२ र एशोसिएटतर्फ ९२३ गरी कूल १ हजार १४३ मतदाता रहेकोमा सतप्रतिशत मत खसेको थियो ।