काठमाडौँ – सिभिल बैंकले “ग्लोबल मनी विक”को उपलक्ष्यमा विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउने भएको छ । बैंकले “ग्लोबल मनी विक” को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्ने भएको हो ।


ADVERTISEMENT


जसअनुसार चैत्र ९ गते (भोलि) प्रदेश नं १ मा अर्किड कलेज, विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी गरिँदैछ ।


ADVERTISEMENT

# # #


यस्तै चैत्र १० गते प्रदेश नं २ को जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम तथा खुद्रा व्यापारीहरुमा क्यूआरकोड मार्फत भुक्तानीको थालनी गरिनेछ भने चैत्र ११ गते बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तीय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गरिँदैछ ।

यस्तै चैत्र १२ गते गण्डकी प्रदेशको बेगनास ताल डुंगा व्यवसायी संघमा वित्तीय साक्षरता कार्यक्रम तथा चैत्र १३ गते लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम र चैत्र १४ गते कर्णाली प्रदेशको विरेन्द्रनगर सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम गरिने बैँकले जनाएको छ ।

यस्तै चैत्र १५ गते सुदुरपश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तिय साक्षरता कार्यक्रम गरिँदैछ । यी वित्तीय साक्षरता कार्यक्रमहरुमा अहिलेको डिजिटल युगमा विभिन्न विद्युत्तीय कारोवारका माध्यमहरुका फाइदाहरुका बारेमा श्रव्य दृश्य सामाग्री सहितको प्रस्तुति गरिने कुरा बैंकले जनाएको छ ।

साथै बैंकले आफ्नो सामाजिक संजालमार्पmत सात प्रमुख विद्युतिय माध्यमहरु (मोवाइल एप, क्यू आर कोड, एटिएम, ईन्टरनेट बैंकिंग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)को बारेमा चेतनामुलक सामाग्रीहरुको प्रशारण गर्ने बैँकको योजना छ ।