काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता विवादमा उपेन्द्र यादवसँग ३४ र महन्थ ठाकुरको पक्षमा १६ कार्यकारिणी समितिले सनाखत गरेका छन् ।


ADVERTISEMENT


निर्वाचन आयोगले सोमबार हेड काउन्टका लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो । जसमा बहुमत सदस्यले यादवको साथ दिएका हुन् । यस्तै निलम्बित सांसद् समेत रहेका कार्यकारिणी सदस्य रेशम चौधरीले तटस्थ बसेका छन् । सनाखतका लागि जसपाका सवै कार्यकारिणी सदस्यहरु आयोग पुगेका थिए ।


ADVERTISEMENT

# # #


आयोगमा सनाखतपछि जसपा अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष महन्थ ठाकुरले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिइने बताए । उले आधिकारीक पार्टी नै आफुहरु रहेको बताए ।प्रतिगमनलाई साथ दिएर पार्टीका केहि नेताहरुले पार्टीलाई नै धोका दिएको उनको भनाई छ ।

त्यस्तै जसपा नेता राजकिशोर यादवले पार्टीलाई एकतावद्ध बनाउने आफुहरुको प्रयास रहेको बताए । यादव पक्षलाई साथ दिएका यादवले पार्टीलाई जोगाउनुपर्ने जिकिर गरे ।

यस्तै जसपा नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाउने काम गरेको आरोप लगाए । प्राविधिक विभाजनबाट आफुलाई कुनै असर नगर्ने उनले बताए । आफूहरुका लागि केपी ओली र शेरबहादुर देउवा दुवै बराबर रहेको उनको भनाई छ । समाजवादी पार्टी फुट्ने बेलामा पार्टी एकता गरेर उपेन्द्र यादवलाई मद्दत गरेको महत्तोले बताए । आयोगको निर्णयपछि आफूहरुले आगामी कदम चाल्ने महतोले बताए ।