काठमाडौँ – बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले आफ्नो दुई महिने कार्यकालमा नै उत्कृष्ट कार्यक्षमता प्रस्तुत गरेका छन् । गत असार १२ गते बाँकेको प्रहरी प्रमुख भएका एसपी अधिकारीको नेतृत्वमा बाँके प्रहरीले यस अघिको भन्दा उत्कृष्ट कार्य गर्न सफल भएको हो ।


ADVERTISEMENT


करिब दुई महिनाकै अवधिमा बाँके प्रहरीले लागू औषधतर्फ ८०.२६० ग्राम ब्राउनसुगर, २०३२ ट्याब्लेट नाईट्राजेपाम, २६०० मिलिलिटर कोरेक्स र ७० ट्याव्लेट ट्रमाडोलसहित फरक–फरक घटनामा २८ जना लागु अवैध कारोबारीलाई पक्राउ गरेको छ । ५ लाख ११ हजार नगदसहित पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै एसपी अधिकारीकै नेतृत्वमा बाँके प्रहरीले ५१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । उनीहरुबाट २२ वर्ष ९ महिना २७ दिन कैदसहित ४६ लाख १० हजार ७१० रुपैयाँ जरिवाना असुल गरिएको छ ।

यस्तै बाँके प्रहरीले गत दुई महिनामा ८३ लाख ९३ हजार २८६ रुपैयाँ बराबरको सामानसहित १६ जना तस्कर पक्राउ गरी भन्सार कार्यालय बुझाएको छ ।

यस्तै मुल्य रु २ लाख ९७ हजार ५ सय रुपैयाँ बराबरको क्वरेन्टाईन नगराईएका १९४ वटा बोईलर कुखुरा, ७९०० चल्ला, १ क्वीन्टल मासु, ३५ किलो माछा सहित ७ जनालाई पक्राउ गरी क्वारेन्टाईन कार्यालय बुझाएको एसपी अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार ३ वटा बाघको छाला, एउटा रेडपाण्डाको छाला, ४ वटा भालुको पित्त ४, २ वटा हातीको दाँत २ सहित १० जनालाई पक्राउ गरी डिभिजन वन कार्यालय बुझाईएको छ ।

यस्तै करिब ५ लाख २४ हजार पर्ने अवैध सालको काठ ११ गोलिया २ चिरानसहित ३ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय बुझाएको छ । करिब दुई महिनाकै अवधिमा बाँके प्रहरीले २ वटा कटुवा पेस्तोल, एउटा भरुवा बन्दुक र त्यसमा लाग्ने ३ छर्रासहित २ जनालाई पक्राउ गरी कारबाही गरिएको छ ।

यस्तै हालसम्म कुल १६३ मुद्दामा २४१ जनालाई पक्राउ गरी कारबाही गरिएकोसमेत एसपी अधिकारीले जनाएका छन् । नदीजन्य पदार्थ उत्खनन् गर्ने दुईवटा टिप्पर, ५ वटा ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति पठाईएको र २ लाख ५६ हजार जरिवाना गरिएको समेत उनले बताए ।

बाँके प्रहरीले बिग्रिएका सीसी क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याएको छ । यस्तै हालसम्म फैसला कार्यान्वयनमा रु ४६ लाख १० हजार ७१० रुपैयाँ, भन्सार चोरी पैठारीतर्फ ८३ लाख ९३ हजार २८६ रुपैयाँ, काठ चोरी पैठारीतर्फ ५ लाख २४ हजार रुपैयाँ, नदीजन्य पदार्थ कारबाहीमा रु २ लाख ५६ हजार रुपैयाँ, क्वारेन्टाईन नगराएको पशु पंक्षीबाट रु २ लाख ९७ हजार ५ सय रुपैयाँ गरी जम्मा १ करोड ४० लाख ८४ हजार ४९६ रुपैयाँ बराबरको राजश्व राज्यकोषमा संकलन गरिएको छ ।

गत वर्षका यिनै दुई महिनामा जम्मा ४१ लाख ९५ हजार ५८५ रुपैयाँ बराबरको मात्रै राजश्व संकलन भएको थियो ।