काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले पार्टीको केन्द्रीय निकायहरुमा पदपूर्तिका लागि सुझाव दिन गिरिराजमणी पोखरेल नेतृत्वको कार्यदललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय निकायहरुको पदपूर्तिका लागि आवश्यक छलफल गरि सुझाव प्रतिवेदन पेश गर्न पोखरेल नेतृत्वको कार्यदललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यसअघि अन्य दलबाट आएका नेताहरुको समायोजनका लागि सुझाव दिन गठित पोखरेल नेतृत्वको कार्यदललाई नै पार्टीको केन्द्रीय निकायहरुमाा पूर्णता दिनका लागि सुझाव दिन जिम्मेवारी दिइएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पदपूर्तिका लागि ५ दिनभित्र सुझाव प्रतिवेदन पेश गर्न भनिएको उनले बताए । त्यस्तै बैठकले पौष ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर सदस्यता वितरण, नविकरण, वडा अधिवेशन लगाएत गर्नुपर्ने भएकाले यसका लागि आवश्यक निर्वाचन नियमावली र आचारसंहितका साथै निर्देशिकाका बारेमा ५ दिन भित्र सवै तहलाई जानकारी गराउने निर्णय भएको उनले बताए ।

नेता श्रेष्ठले महाकाली नदिमा एक नेपाली बेपत्ता भएको घटनामा सरकारले भारतसंग वार्ता गर्नुपर्नेमा जोड दिएको छ । त्यस्तै एमसीसीकाबारेमा माओवादीको यसअघिको धारणा कायमै रहेको भन्दै कुनै भ्रममा नपर्न पनि उनले आग्रह गरे । हुम्लाको हिल्सा सीमा क्षेत्रको अध्ययन गर्न समिति गठन गर्ने विषयमा उनले राष्ट्रिय स्वाधिनताका विषयमा राष्ट्रिय सहमति गरेर मात्रै निर्णयमा पुग्नुपर्ने बताए ।

हुम्ला जिल्ला स्थित उत्तरीक्षेत्रको सीमानासँग देखिएका समस्याको अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारले एक अध्ययन समिति गठन गरेको थियो ।