काठमाडौं  नेपाली कांग्रेसले मन्त्रालय सम्हाल्ने नेताको लगभग टुंगो लगाएको छ  ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवाले सुरुमै आफू निकट नेताहरु बालकृष्ण खाडलाई गृह, ज्ञानेन्द्रबहादु कार्कीलाई अर्थ, डा नारायण खड्कालाई परराष्ट्र र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइसकेका छन् ।


ADVERTISEMENT

# # #


यो सँगै उनको भागमा पर्ने मन्त्रीको कोटा पूरा भएको छ । उनले वरिष्ठ अब नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुलाई मन्त्री बनाउनु पर्नेछ ।

जबकी कांग्रेसले सरकारमा प्रधानमन्त्रीसहित ७ मन्त्रालय पाउने गठबन्धनभित्र सहमति भएको बताइन्छ । सो अनुसार अब कांग्रेसको भागमा ३ मन्त्री छन् ।

पौडेल समूहमा मन्त्रीका लागि २ जना भाग पर्ने बताइएको छ । जसमा सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन केसी मध्येबाट २ मन्त्री बनाइने स्रोतले बताएको छ ।

प्रधानमन्त्री कार्यलय स्रोतका अनुसार बुधबार बेलुकासम्ममा मन्त्रिमण्डल बिस्तार हुने सम्भावना रहेको छ । सिटौला पक्षबाट पनि एक मन्त्री बन्ने निश्चित छ । जसमा उमाकान्त चौधरी र भीमसेनदास मध्येबाट एक मन्त्री बन्ने सम्भावना रहेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेसका कारण लामो समयससम्म मन्त्रीमण्डल बिस्तार हुन सकेको थिएन । तर, राष्ट्रपति भण्डारीले केही दिनअघि उक्त अध्यादेश खारेज गरिदिएपछि मन्त्रिमण्डल बिस्तारको बाटो खुलेको छ ।