चितवनमा जारी नेकपा एमालेको ३०१ कमिटीमा नपरेका विशाल भट्टराईले सामाजिक सञ्जालमा यसका बारे प्रष्ट्याएका छन् । उनले सो कमिटीमा आफ्नै रायमा नबसेको समेत बताएका छन् । उनले सो बारे प्रष्ट्याउँदै यस्तो लेखेका छन् ।


ADVERTISEMENT


चालु दसौँ महाधिवेशन र मेरो भूमिका बारे 
महाधिवेशनमा प्रस्तुत केन्द्रीय कमिटीमा मेरो नाम नपरेको बिषयमा मुख्यतः दुइखाले टिप्पणी देखिएका छन । एकथरीले मेरो नाम नआएकोमा खुसी वा ठिक्क पर्यो वा ब्यङ्यात्मक टिप्पणी गर्नुभएको छ भने अर्को ठुलो पङ्तिले चिन्ता वा सद्भाव वा आश्चर्य मानेर लेख्नुभएको पढेको छु ।


ADVERTISEMENT

# # #


खासमा पार्टी अध्यक्ष ,महासचिव र उच्च नेतृत्वले मेरो परामर्शमै मलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मावारी दिने भन्नुभएको छ । म यसै पनि संसदीय दलको प्रमूख सचेतकको भूमिका निर्वाह गरिरहेकै छु, अब थप सशक्त भूमिका सहित पार्टी संगठन निर्माण र परिचालनको काममा सरिक बन्नेछु ।

यहि कारणले मात्र मेरो भूमिका खुम्चिदैन, म कमजोर बन्दिन। नेपाली राजनीतिमा मेरो सानो -ठुलो भूमिका अनवरत रहिरहनेछ । कोहि खुसी नहुन कोहि चिन्तित नहुन बिनम्रतापूर्वक आग्रह गर्दछु ।
१३ मंसिर,२०७८
सौराह , चितवन