काठमाडौँ – ओमानमा जारी टी–२० विश्वकप छनोटमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।


ADVERTISEMENT


ओमानको मस्कटस्थित अल अमारेत क्रिकेट ग्राउन्डमा क्यानडाले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको हो । खेल नेपाली समय अनुसार अहिले ३ः४५ देखि सुरु हुँदैछ ।


ADVERTISEMENT

# # #


प्रतियोगिताका लागि ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स रहेका थिए । यस्तै समूह ‘बी’मा आयरल्याण्ड, युएई, जर्मनी र बहराइन थिए ।

समूह ‘बी’बाट आयरल्याण्ड र युएई सेमिफाइनलमा पुगिसकेका छन् । सोमबार आयरल्याण्डले जमर्नीलाई हराउँदै समूह विजेता भएर सेमिफाइनल पुगेको हो । युएईले भने ३ बहराइनसँग सोमबार हारेर पनि रनरेटका आधारमा बहराइनलाई पछि पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

नेपालले समूह चरणको पहिलो खेलमा आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा पिलपिन्सलाई १३६ रनले पराजित गर्दै समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ । नेपालको २ खेलमा ४ अंकसहित रनरेट ४.३७५ रहेको छ । यस्तै क्यानडा २ खेलमा १ जितसहित २ अंकका साथ दोस्रो स्थानमा रहेको छ । क्यानडाको रनरेट २.५१२ रहेको छ । यता घरेलू टोली ओमान २ खेलमा १ जितसहित २ अंकका साथ -०.५६३ रहेको छ ।

क्यानडासँग आज कम अन्तरले हारे पनि नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ । नेपालले आज क्यानडामाथि जित हात पारे सेमिफाइनमा युएईसँग भिड्नेछ । समूह उपविजेता भएमा सेमिफाइनलमा आयरल्याण्डको सामना गर्नुपर्नेछ । सेमिफाइनलमा जित हात पारेको खण्डमा मात्रै नेपाल विश्वकपमा छनोट हुनेछ ।

क्यानडाविरुद्ध नेपालको प्लेइङ ११:
कुशल भुर्तेल, आसिफ सेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिङ ऐरी, लोकेश बम, आरिफ सेख, विवेक यादव, कमलसिङ ऐरी, सन्दीप लामिछाने (कप्तान), अविनाश बोहरा, जितेन्द्र मुखिया ।