काठमाडौं – स्थानीय तहको निर्वाचनको विषयलाई छलफलको मुख्य विषयवस्तु बनाएर सत्ता साझेदार दल जनता समाजवादी दल (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।


ADVERTISEMENT


पार्टी अध्यक्ष उपेन्द्र यादवको सभापतित्वमा आइतबारदेखि राजधानीमा सुरु भएको सो बैठक दुई दिनसम्म चल्ने छन् ।


ADVERTISEMENT

# # #


बैठकमा पार्टी अध्यक्ष यादवले प्रस्तुत गरेको स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ माथि केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्ने क्रम सुरु भएको केन्द्रीय सदस्य रामबाबु यादवले जानकारी दिए।

सदस्यहरूको बोल्ने क्रम सोमबारसम्म जारी रहने छ । उनका अनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयनको प्रक्रिया, उम्मेदवार छनोटबारे मापदण्ड निर्धारण, निर्वाचनमा पार्टीले एक्लै उम्मेदवारी दिने या सत्ता गठबन्धनसँग अगाडि बढ्ने लगायतको विषयमा बैठक केन्द्रित हुनेछ ।