काठमाण्डौं-प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत दोश्रो चरणमा आगामी विहिबार हुने मतदानका लागि निर्वाचन आयोगले १ लाख ५५ हजार कर्मचारी मतदान केन्द्रमा खटाएको छ ।


ADVERTISEMENT


हरेक मतदान केन्द्रमा खटिने कर्मचारीले स्थानीय राजनीतिक दलसँग छलफल, मतदान केन्द्र निर्माण, मतदाता परिचयपत्र वितरण तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने आयोगका प्रबक्ता सहसचिव नवराज ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हिजै सामाग्री बुझेका उनीहरु भोलीसम्म मतदान केन्द्र पुगिसक्ने उनले बताए ।

पर्सी विहानसम्म दोश्रो चरणमा निर्वाचन हुने सबै जिल्लामा मतदान केन्द्र स्थापना भइसक्ने प्रवक्ता ढकालको भनाई छ ।

उनीहरुले मंगलबार र बुधबार मतदान केन्द्रबाटै मतदाता परिचयपत्र वितरणका साथै निर्वाचनसँग सम्बन्धित अन्य कामहरु सञ्चालन गर्ने जनाइएको छ ।