काठमाडौं – नेपाल तरुण दलले दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ३ मा झ्याकुका तरुण दल वडा समिति सचिव यानबहादुर बस्‍नेतको हत्यामा संलग्‍नलाई तत्काल कारबाहीको माग गरेको छ।


ADVERTISEMENT


१० दिनअघि सर्सेपु गौराबारी भन्‍नेस्थानमा शंकास्पद अवस्थाम मृत फेला परेका यानबहादुरको परिवारलाई क्षतिपूर्तीको व्यवस्था गर्न पनि तरुण दलले माग गरेको छ।


ADVERTISEMENT

# # #


नेपाल तरुण दलका अध्यक्ष विद्वान् गुरुङले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उक्त पासविक र जघन्य अपराधिक घटना कुनै पनि अपराधिक गिरोहले राजनीतिक प्रतिशोध राखी योजनाबद्ध ढंगबाट गराइएको हुनसक्ने आशंका नेपाल तरुण दलको छ। त्यसैले मानव हत्याजस्तो गम्भीर अपराधिक घटनाको छिटोभन्दा छिटो गहिरो अनुसन्धान गरी वास्तविकता पत्ता लगाइ अपराधीलाई हदैसम्मको कानुनी कारबाही गर्न र आश्रित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायसँग नेपाल तरुढ तल माग गर्दछ।’

यस घटनाले नेपाल तरुण दलले लोकतन्त्रको एक होनहार पहरेदार गुमाएको जनाएको छ।