सुर्खेत – सत्तागठबन्धनले कर्णालीका १० जिल्लाको जिल्ला समन्वय समिति गठनमा भागबण्डा गरेका छन् । कांग्रेसले पाँच, माओवादीले चार र नेकपा एसले एक जिल्लाको जिसस प्रमुख पाउनेगरी भागबण्डामा सहमति भएको हो ।


ADVERTISEMENT


यद्यपि, सुर्खेतको जिसस प्रमुख कसले लिने भन्नेबारे सहमति भइनसकेको बताइएको छ । सुर्खेतमा एमाले र माओवादीबीच तालमेल हुने चर्चा पनि छ । दुई दिन लगातार बसेको प्रदेश संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


माओवादीले कर्णालीका ३२ स्थानीय तहमा एक्लै जित हात पार्ने स्थिति भए पनि विविध कारणले परिणाम आफ्नो पक्षमा नआएको निष्कर्ष निकालेको छ ।