काठमाडौं – काजकिस्तान, २३ जेठ (रासस÷एएनआई)  काजकिस्तानका झण्डै ७७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा रहेको पाइएको छ ।


ADVERTISEMENT


काजकिस्तानकै एक समाचार संस्थाले आइतबार सार्वजनिक गरेको विवरण अनुसार ७६।७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा देखिएका हुन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी अरु २३.३ प्रतिशत मतदाता भने संविधान संशोधनको विपक्षमा उभिएको पनि विवरणमा उल्लेख गरिएको छ । मतदानबाट फर्किएकालाई सोधेर तयार पारिएको प्रतिवेदनले ठूलो सङ्ख्याका मतदाता संशोधनको पक्षमा रहेको देखाएको हो ।

सर्वेक्षणमा देशभरीबाट तीन लाख ५० हजार मतदाता सहभागी भएर उत्तर दिएको सर्वेक्षकहरूले जानकारी दिएका छन् । संविधान संशोधन सम्बन्धी जनमतको अन्तिम र औपचारिक परिणाम भने सार्वजनिक हुन बाँकी नै रहेको छ ।