काठमाडौं – सत्ता साझेदार तीन दलका शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट्दैछन् ।


ADVERTISEMENT


अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन् ।


ADVERTISEMENT

# # #


भेटमा प्रधानमन्त्री देउवालाई एसपीपी खारेजी र श्वेतपत्र जारी गर्न आग्रह गर्ने भएका छन् । एसपीपी वा कुनै पनि सैन्य साझेदारीसँग जोडिएका सम्झौता नगर्ने भनेर जनतामाझ स्पष्ट पार्न सत्ता साझेदार दलले दबाब दिनेछ ।

नेपाल र अमेरिकाबीच एसपीपीका लागि पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकालाई लेखेको पत्र बाहिरिएको छ । प्रधानमन्त्री देउवाले एसपीपीमा नेपाल नजाने भनेर प्रतिनिधि सभामा भनेका छन् ।