काठमाडौँ – बुधबार शरिरमा आगो लगाएर आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । विभिन्न सामाजिक अगुवाले माइतीघरमा प्रदर्शन गर्दै आचार्यको न्याय माग गरेका हुन् ।


ADVERTISEMENT


उनीहरुले ‘यो आत्महत्या होइन, हत्या हो’, ‘प्रेम आचार्यलाई त बाँच्न दिएनौ, प्रेम आचार्यहरुलाई मर्न नदेऊ’, ‘देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?’, ‘यो देशहो कि बधशाला ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।


ADVERTISEMENT

# # #


इलामका आचार्यले व्यापारमा असफलता हात लागेको, चौतर्फी लुटिएको भन्दै लामो सुसाइड नोट लेखेर मंगलबार संसद भवनअघि शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । तत्काल उपचारका लागि कीर्तिपुरस्थित नेपाल बर्न अस्पताल लगेका उनको उपचारका क्रममा आज बिहान निधन भएको थियो ।