काठमाडौँ – वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले विदेशी नागरिक हुँदा पनि नेपाली पासपोर्ट लिएकाले नेपालप्रति उनी बफादार नभएको बताएका छन् ।


ADVERTISEMENT


कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा जवाफी बहसका क्रममा वरिष्ठ अधिवक्ता भण्डारीले लामिछानेले राज्यलाई ढाँट्ने, छल्ने काम गरेको जिकिर गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘रवि लामिछानेमा यो देशप्रति बफादारिता छैन । त्यो कुरा उहाँले विभिन्न समयमा राज्यलाई ढाँट्ने र छल्ने प्रक्रियामा देखिएको छ । आफू विदेशी नागरिक हुँदा पनि नेपाली पासपोर्ट लिनुभएको छ ।’

वरिष्ठ अधिवक्ता भण्डारीले लामिछानेले आफू अध्ययन गर्न अमेरिका गएको भनेको भिडियो आफूसँग भएको दाबी गर्दै फेरि अमेरिका नपेढेको भनेर ढाँटेको जिकिर गरेका छन् । उनले उहाँले हरेक कुरामा राज्यलाई छल्ने, गलत सूचना दिने गर्नुभएको छ । यस्तो किसिमको व्यक्तिको निष्ठा र आस्था छ भन्ने हुँदैन ।’

प्रत्येक व्यक्तिलाई कानुनले समान दृष्टिले हेर्नुपर्ने भन्दै उनले लामिछानेलाई विशेष छुट दिन नहुने तर्क गरे ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो ।

उक्त मुद्दामा आज सर्वोच्चले फैसला गर्दैछ ।