काठमाडौँ– राष्ट्रपतिबाट आममाफी पाएका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई कारवाहीको माग गर्दै नेपालगञ्जकी भारती मानन्धरले रिले अनसन शुरु गरेकी छन् ।


ADVERTISEMENT


आफ्ना श्रीमान चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका योगराज ढकाललाई आममाफी दिइएको भन्दै पुनः कारवाहीको माग गर्दै भारतले पुन रिले अनसन शुुरु गरेकी हुन् । भारतीले दशैं अघि नै अनसन थालेको भएपनि केहि दिनका लागि स्थगित गरेकी थिइन् । आफ्ना आवाज राज्यलाई सुनाउन अनसन बस्नु परेको भारतीले बताइन् ।


ADVERTISEMENT

# # #


२०७२ असार २८ गते बाँकेको नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रिगललाई २०७५ सालमा जिल्ला अदालत बाँकेले सर्वस्वसहित जन्द कैदको सजाय सुनाएको थियो । तर सरकारले गत असोज ३ गते नवौं संविधान दिवसको अवसरमा ढकाललाई आममाफी दिएको थियो । भारतीले राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएकी छन् ।