काठमाडौँ– प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभा (संसद) सभाको बैठक स्थगित भएको छ ।
प्रतिनिधिसभा (संसद) को सोमबार बसेको बैठकमा एमाले सांसदहरुले आ–अफ्नो स्थानमा उभिएर नाराबाजी गरेका हुन् । उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई कारबाही गर जस्ता नारा लगाएका थिए ।
अवरोध गर्नुअघि एमालेको तर्फबाट सांसद गोकुल बास्कोटाले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको दोहोर्याएका हुन् । उनले प्रधानमन्त्रीले आजै संसद्मा जवाफ दिनुपर्ने बताए।
यस्तै, राप्रपाले पनि बालकुमारी घटनासहित मिटरब्याजपीडित र दूध उत्पादक किसानको समस्या समाधान समाधान गर्न सरकारको ध्यानाकर्षण जनाएको छ।
एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।