काठमाडौँ– नेपालीले भारतका क्यूआर मार्फत भुक्तानी गर्न पाउने भएका छन् ।


ADVERTISEMENT


शुक्रवार राष्ट्र बैंकले एक निर्देशिकामार्फत भुक्तानीको स्वीकृती दिएसंगै नेपालीका लागि भारतमा क्यूआर मार्फत पेमेन्ट गर्ने बाटो खुलेको हो ।


ADVERTISEMENT

# # #


यसका लागि वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खाता हुने नेपालीहरुले भारतका क्यूआरमार्फत भुक्तानी गर्नसक्ने निर्देशन उल्लेख छ ।

क्रस बोर्डर क्यूआर भुक्तानी सञ्चालन गर्न नेपालको फोन-पे र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबीच गत भदौमा सम्झौता भएको थियो ।

त्यससँगै भारतीयलाई नेपालमा क्यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने सुविधाको औपचारिक सुरुवात भएपनि राष्ट्र बैंकले स्वीकृति नदिँदा भारत जाने नेपालीले भने क्यूआरमार्फत भुक्तानी गर्न पाएका थिएनन् ।