काठमाडौँ– नेकपा एकीकृत समाजवादीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


पार्टीको महाधिवेशन सुरु हुनु अघि समाजवादीले काठमाडौंको भृकुटीमण्डपदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानसम्म र्‍याली निकालेको हो । र्‍यालीमा पार्टी अध्यक्ष माधव कुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल लगाएत पार्टीका नेता कार्यकर्ता लगायत सहभागी भएका थिए ।


ADVERTISEMENT

# # #


नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा १ हजार ८ सय ४७ प्रतिनिधि सहभागी हुने बताइएको छ । असार २० गतेसम्म चल्ने महाधिवशेन मार्फत पार्टीका विभिन्न दस्तावेज पारितका साथै नयाँ नेतृत्व चयन गर्ने समाजवादीले जनाएको छ ।

समाजवादीले महाधिवेशनमा निर्वाचित हुनका लागि २१ पदाधिकारी र केन्द्रीय कमिटीको संख्या २ सय ९९ तय गरेको छ ।