काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन्।


ADVERTISEMENT


भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भएको बताइएको छ । सिंहदरबारमा अहिले सत्ता समीकरणका ठूला तीन दलका शीर्ष नेताहरुबीचको छलफल जारी छ।


ADVERTISEMENT

# # #


शनिवार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेका थिए । गरेपछि अहिले नेतृत्व गरिरहेको माओवादी पार्टी तरंगित बनेको थियो ।

लगत्तै आज प्रधानमन्त्री प्रचण्डले ओलीलाई बिहानै फोन गरेर हिजोको बालकोट भेटबारेसमेत चासो राखेको थिए। त्यही विषयमा छलफल गर्नको लागि अहिले शीर्ष नेताहरू जुटेका हुन्।

देउवा र ओलीबीच शनिवार भएका छलफलका विषय सार्वजनिक भने भएका छैनन् ।