काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.८३ अंकले घट्दै २ हजार ३७.०९ विन्दुमा झरेको छ । अघिल्लो साता सूचक ८ अंकमाथिले घट्दै २ हजार ५१ विन्दुमा रोकिएको थियो ।


ADVERTISEMENT


आइतबार दोहोरो अंकले नेप्से सूचक घट्दा ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँ बराबरको ९१ लाख ७८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा बढी १२ करोड ८८ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने आइतबार जानकी फाइनान्स कम्पनीको ११ करोड ९८ लाख ५७ हजार रुपैयाँ बराबरको र युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लिमिटेडको १० करोड ३९ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।


ADVERTISEMENT

# # #


आइतबार फाइनान्स समूह र म्यानु एण्ड प्रो समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । यी दुई समूहको उपसूचक भने आइतबार क्रमशः ०.३४ प्रतिशत र ०.०३ प्रतिशतले मात्र बढेका छन् ।

कूल २४६ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदा आइतबार जम्मा ४९ कम्पनीको मूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आइतबार बढी कमाउनेमा मुक्तिनाथ कृषि कम्पनीले ७.०६ प्रतिशतले कमाएको छ भने यता मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ९.३० प्रतिशतले गुमाएका छन् ।