काठमाडौँ – आर्थिक विधेयक, २०८१ प्रतिनिधिसभाबाट पारित भएको छ ।


ADVERTISEMENT


आइतबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । उक्त विधेयकमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल, डा प्रकाशशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका थिए ।


ADVERTISEMENT

# # #


छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताए ।

उनले सरकारले साना र स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्न नयाँ व्यवस्था गरिएको दाबी गरे । त्यस्तै बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ पनि पारित गरेको छ ।