काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ ‘मास्टरकार्ड इस्युएन्स’ सेवा शुभारम्भ गरेको छ । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौं ग्राहकलाई सेवा दिँदै आएको बैँकले आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमकाबीच उक्त कार्ड इस्युएन्स सेवाको शुभारम्भ गरेको हो ।


ADVERTISEMENT


डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । जसमा अत्याधुनिक सुरक्षा प्रविधि (ईएमभी चिप) तथा अत्याधुनिक ‘कन्ट्याक्टलेस’ प्रविधि समेत प्रयोग गरिएको छ । यस कार्डमार्फत ग्राहकहरुले नेपाल, भारत र भुटानबाट ‘एटीएम विथड्रल’को साथमा पीओएस तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्ने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टरकार्डबीचको यो सहकार्यले नेपालको बैंकिङ्ग क्षेत्रलाई थप उचाइमा पु¥याउँन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ । कार्ड बैंकिङ्ग सेवा प्रदायकको रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको एनआईसी एशिया बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेको थियो ।

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखामार्फत बैँकिङ सेवा प्रदान गरिरहेको छ ।