काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतिय सामाग्री र ‘ब्रेक सु’मा लुकाई करिब ३२ क्वीन्टल सुन तस्कारी भएको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


सुन तस्करीको दोस्रो चरणको अनुसन्धानका बिषयमा जानकारी दिन सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीआईबीले विद्युतीय सामाग्री र ‘ब्रेक सु’मा लुकाई ३ हजार १ सय ९४ दशमलव ६६८ सुन तस्करी भएको जानकारी गराएको हो ।


ADVERTISEMENT

# # #


उक्त सुनको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ रहेको छ । सीआईबीले भुजेल इलोक्ट्रोनिक सप्लायर्स, रेडी ट्रेडर्स लगायत पाँच सप्लायर्सहरुले उक्त परिमाणको सुन भित्र्याएको जनाएको छ । सीआईबीका डिएसपी सुन्दर तिवारीले दोस्रो चरणको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएको जानकारी दिए ।

यस क्रममा २० जनालाई पक्राउ गरिएको र २६ जना अझै फरार सूचीमा रहेको उनले बताए । यस्तै भुक्तानी सेवा प्रदायक पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेजले लाइसेन्सको दुरुपयोग गर्दै सुन तस्करीमा पटक–पटक गरी कूल ५५ अर्ब ७९ करोड ८८ लाख ८५ हजार ८ रुपैयाँ ५३ पैसा भुक्तानी सहजीकरण गरिरहेको भेटिएको डीएसपी तिवारीले जानकारी दिए ।

त्यस्तै सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले भेपबाहेकको सुन तस्करीको अनुसन्धानका क्रममा पूर्वसभामुख कृष्णबहादुर महरा र दिपेश पुनको संलग्नता नदेखिएको बताए । सिआइवीले भन्सार ऐन, संगठीत अपराध निवारण ऐन, मुलुकी अपराध संहिता, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐनलाई आधार बनाइ प्रतिवादीबाट २ खर्ब ६६ अर्व ६७ करोड ९ लाख बिगो मागदावी गरेको छ ।