काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न समयमा भएका भ्रष्टाचार छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै लामिछानेले भ्रष्टाचारमा संलग्नहरुमाथि कारबाही गर्न निर्मम भएर लाग्ने भन्दै विभिन्न प्रकरणको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


कुनै एक पक्षले मात्रै सक्रियताका साथ काम गर्दैमा भ्रष्टाचार नियन्त्रण सम्भव नभएको भन्दै उनले पर्याप्त कानूनी आधार, स्रोतसाधनसहित भएका संरचनाहरुको स्तरोन्नति आवश्यक रहेको बताए । विभिन्न प्रकरणको छानबिनका लागि राजनीतिक नेतृत्व तयार हुने र अख्तियार प्राप्त नेतृत्वले राजनीतिक स्वार्थ प्रेरित नभइ निष्पक्ष अनुसन्धान र अभियोजन गर्ने हो भने न्यूनीकरण हुँदै भ्रष्टाचार नियन्त्रण सम्भव रहेको उनको भनाइ छ ।

उनले विपद् पूर्वतयारीका लागि सरकारले सवै काम गरिरहेको भन्दै विधि प्रक्रियाबाट विपद्मा परेका नागरिकहरुलाई सम्बोधन गर्ने जानकारी दिए । आफ्नो राहदानीको विषयमा कांग्रेस सांसद प्रदीप पौडेलले उठाएको प्रश्नको जवाफ दिदै लामिछानले उक्त विषय अदालतमा बिचाराधीन रहेको भन्दै चर्चा गर्न उपयुक्त नहुने बताए ।