काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ सरकारमा सामेल नहुने भएको छ । आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।


ADVERTISEMENT


बैठकमा मुलतः पछिल्लो समय अघि बढेको राजनीतिक घटनाक्रमबारे छलफल भएको बताउँदै उनले भने, ‘अब बन्ने गठनबन्धनमा हामी रहदैनौँ । हामी सरकारमा जादैनौँ त्यो हाम्रो स्पष्ट छ । बाँकी के गर्छाै भन्ने कुरा अहिले केही एक खालको अनुमान रहेको र आधिकारिक केही प्रकृया अघि नबढिसकेको हुँदा सरकार परिवर्तन गर्ने र सरकार अर्काे बन्ने प्रकृया अघि बढेपछि हामी स्वभाविक रुपमा बाहिर निस्किन्छौँ ।’


ADVERTISEMENT

# # #


प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका चार मन्त्रीहरु छन् । पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेपछि सरकार संकटमा परेको छ ।

सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन ।