काठमाडौँ –उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूले ठूला भ्रष्टाचारका फाइल खोल्न थालेपछि काँग्रेस र एमालेले आत्तिएर नयाँ गठबन्धन बनाएको दाबी गरेका छन् ।


ADVERTISEMENT


मंगलबार सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले फाइल खुलेपछि एमाले र काँग्रेस एक रात पनि टिक्न नसेकेको जिकिर गरेका हुन् । उनले भने, ‘फाइल यस्तो खुल्यो कि त्यो एक रात पनि टिक्न नसक्ने भयो । यसलाई के भन्नु र मैँले ?’


ADVERTISEMENT

# # #


साथै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा काँग्रेस निकट मानिने बेचन झा पक्राउ परेकापछि काँग्रेस अत्तालिएको दाबी गरे । उनले भने, ‘यो बेचैनीको अर्को के अर्थ होला र ?’

संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच सोमबार राति संविधान संशोधनलगायत विषयलाई निष्कर्षमा पुर्‍याउन सरकार सञ्चालनमा साझेदारी गर्ने सहमति भएको छ ।
जससँगै वर्तमान सरकार संकटमा परेको छ भने सत्ताबाट रास्वपाको बहिर्गमन निश्चित बनेको छ ।