काठमाडौँ – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले कांग्रेस–एमालेको गठबन्धनले जनतामा छाएको निराशा हटाउने गरी काम गर्ने बताएका छन् ।


ADVERTISEMENT


प्रेस युनियन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले एमाले र कांग्रेसबीच आलोपालो नेतृत्व गरेर अघि बढ्ने र जनतामा छाएको निराशा हटाउने गरी राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको समेत बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले संघीयता, समावेशिता र लोकतन्त्रका मुल्य मान्यतालाई थप सुदृढ गरेर संविधान संशोधन गरिने जानकारी दिए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत र परिष्कृत गर्न संविधान संसोधन गर्न लागिएको उनको भनाइ छ । त्यस्तै उनले केन्द्रमा सत्ता समीकरण परिवर्तन हुदैमा प्रदेशहरुमा सत्ता फेरबदल हुनु संघीयताको मुल मर्म विपरित भएको जिकिर गरे ।

निधिले विभिन्न प्रकरण, आरोप र विवादहरुलाई संविधान र कानुन अनुसार अघि बढाउने र यसका लागि सत्ता भित्र वा बाहिर हुनुले कुनै फरक नपर्ने बताए ।