काठमाडौँ– काठमाडौँको सोहृखुट्टे–नयाँ बजारमा गुड्डागुड्दैको मोटरसाइकल ढलमा परी गायब भएको छ ।


ADVERTISEMENT


आज बिहान करिब ५ बजे गुडिरहेको मोटरसाइकल सडक भाँसिएको खाल्डोमा खसेको हो । मोटसाइकल चालकलाई सकुशल बाहिर निकालिएको छ ।। तर मोटरसाइकल भने अझै भेटिएको छैन ।


ADVERTISEMENT

# # #


सडक ९ फिट गहिरो भाँसिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आज बिहान ५ बजे सडक भाँसिएको थियो । भाँसिनेवित्तिकै मोटरसाइकल चालक खाल्डोमा खसेका थिए । काठमाडौं महानगर प्रहरी र सशस्त्र प्रहरीले मोटरसाइकलको खोजी गरिरहेको छ ।

भारी वर्षाको कारण सडक भाँसिएको हुन सक्ने सडक विभागको अनुमान छ । सडक अनुगमनको लागि सडक विभागको टोली जाँदैछ ।