काठमाडौँ– सोहृखुट्टे–नयाँ बजारको भाँसिएको सडकभित्र खसेको मोटरसाइकल भेटिएको छ ।


ADVERTISEMENT


आज बिहान करिब ५ बजे गुडिरहेको मोटरसाइकल सडक भाँसिएको खाल्डोमा खसेको थियो । भाँसिएको सडकबाट मोटसाइकल चालकको तत्काल उद्धार सम्भव भएपनि मोटरसाइकल भने भेटिएको थिएन ।


ADVERTISEMENT

# # #


९ फिट गहिरो भाँसिएको सडकमा हराएको बाइक खोजीका लासग काठमाडौं महानगर प्रहरी र सशस्त्र प्रहरी घटनास्थल पुगेका थिए । अन्ततः झण्डै ५ घन्टापछि हराएको उक्त बाइकल फेला परेको हो ।

भारी वर्षाको कारण सडक भाँसिएको हुन सक्ने सडक विभागको अनुमान छ । सडक अनुगमनको लागि सडक विभागको टोली घटनास्थल पुगेका छन् ।