काठमाडौँ– नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि एमालेसंग भएको सहमति अनुमोदन गरेको छ ।


ADVERTISEMENT


बुधबार सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस कार्यसम्पादन बैठकले एमालेसंग भएको सहमतिको स्वागत गर्दै अनुमोदन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


सहमति अनुसार राष्ट्रिय सहमतिय सरकारको नेतृत्व पहिले एमाले अध्यक्ष केपी ओली र दाश्रो कार्यकाल सभापति देउवाले आगामी निर्वाचन सम्पन्न नभएसम्म नेतृत्व गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले राजनीतिक स्थीरताका साथै मुलुकमा सुशासन र समृद्धिका लागि एमालेसंग सहकार्य भएको बताए । प्रवक्ता महतले संविधानलाई सफल कार्यन्वयनका लागि आवश्यक संशोधन र सुधारका लागि सवै दलहरुसंग सघन छलफल गरिने उल्लेख गरे ।

आवश्यकता अनुसार संविधान संशोधन गरेर अहिलेको व्यवस्थालाई सुदृढ बनाउनका लागि ठूला दलहरु एकठाँउमा आउनुपर्ने भन्दै उनले अहिलेको सहमतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने दृढता रहेको उल्लेख गरे ।

त्यस्तै कांग्रेस कार्यसम्पादन बैठकले पार्टीका भातृसंगठनको म्याद थप गर्ने सभापतिको निर्णयलाई अनुमोदन गरेको छ ।