काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनबारे निर्णय गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन् ।


ADVERTISEMENT


आफ्नो प्रेम सम्बन्धलाई लिएर पार्टीकै नेताहरुले टिप्पणी गरेपछि आपत्ति जनाउदैँ उनले यस्तो माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


बुधबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले लिखित रुपमै धारणा राख्न खोजेका थिए । तर उनले बोल्न पाएका छैनन् । उनले तयार पारेको लिखित धारणामा प्रेम सम्बन्धलाई लिएर प्रश्न उठेको भन्दै व्यक्तिगत जीवनबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने बताएका हुन् ।

ढकालले पार्टी केन्द्रीय समितिको बैठकमा फरक प्रस्ताव पेश गर्दै आफ्नो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने उल्लेख गरेका छन् ।

‘मैले बिहे गर्ने कि नगर्ने ? कुमार नै बस्ने कि केन्द्रीय समितिले निर्णय गरिदेओस्’ मुकुलले लेखेका छन्, ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग (बिहे) गर भन्छ भने पनि तयार छु वा आफ्नो इच्छामा गर भन्छ भने पनि ठीक छ ।’

देश निर्माण र देश निर्माणका लागी पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागी जीवन नै समर्पण गरेको उल्लेख गरेका छन् ।

प्रस्तावमा भनेका छन्, ‘गल्फ्रेन्डको कुरा गरेर, मलाई त केहि छैन, म सहुँला तर ती नारीप्रति सम्मान गरिएको भए हुन्थ्यो। म जान पाइन, एक जना नारी जाने ? मेरो साटो भनेर रडाको मच्याउँदा पनि, सायद मुकुल ढकालसँग जोडिएको विषय हो , कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा ।’

पार्टीबाट समानुपातिक सांसद चयन गर्दा केन्द्रीय सदस्य गणेश कार्कीले आफूलाई रोकेर महामन्त्री ढकालले आफ्नो गर्लफ्रेन्ड पठाएको आरोप लगाएका थिए ।

विवाह बाहेक पनि आफ्नो जीवनको सबै कुरा पार्टीले धारणा बनाइदिन पनि स्वीकार्य हुने उनले बताएका छन् । ‘देश छाडेर जा, देशको हित हुन्छ भने पनि गइदिन्छु’ महामन्त्री ढकालले लिखित धारणामा उल्लेख गरेका छन्, ‘राजनीति छोड्, देशको हित हुन्छ भने पनि छोडिदिन्छु । देशको हितमा कुन ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईंहरु भनिदिनुस् ।’

साथै मुकुलले  ‘प्रिय सभापति रवि सर’ सम्बोधनसहित २०८९ को चुनावभन्दा अगाडि सांसद, मन्त्री वा कुनै सरकारी लाभको पदमा नबस्ने समेत प्रस्तावमा उल्लेख गरेका छन् ।