काठमाडौँ– सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ ।


ADVERTISEMENT


बुधबार सिंहदरबारमा बसेको कार्यदलको पहिलो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका बिपत्तिहरुका बिषयमा प्रारम्भिक छलफल भएको हो ।


ADVERTISEMENT

# # #


विधेयकमा रहेको मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्याधीवक्ताले गम्भीर मानव अधिकार उलंघनको बिषयमा घटि मागदावी लिएर जाने लगायत चार बिषयमा सहमतिको प्रयास खोजिएको कार्यदल सदस्य प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

छलफलका क्रममा केहि सकारात्मक संकेत देखिएको र थप छलफल गरिने उनको भनाइ छ । त्यस्तै कार्यदल सदस्य रमेश लेखक र जनार्दन शर्माले पनि सकारात्मक छलफल भएको भन्दै केहि दिनमा टुङ्गो लगाउने जानकारी दिए ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बिषयमा सहमति जुटाउन आइतबार तीन सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले बिधेयकमा चार बिषयमा सहमति गर्न विभिन्न सुझावहरु दिने बताइएको छ ।