मकवानपुर– नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी थालेको छ । बागमती प्रदेशका सभापति ईन्द्र बहादुर बानियाँले मुख्यमन्त्रीमा नेता बहादुरसिंह लामालाई अघि बढाएका छन् ।


ADVERTISEMENT


नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीमा अघि बढाउने निर्णय गर्दैगर्दा काँग्रेस बागमती प्रदेश सभापति बानियाँले सो प्रस्ताव ल्याएका थिए । सभापति बानियाँले ल्याएको प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरिएको हो ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्रीमा आफ्नै चर्चा समेत चलिरहेका बेलामा पार्टीभित्रको एकता झल्काउन सभापति बानियाँ आफैले दलका नेता रहेका लामालाई नै पार्टीका तर्फबाट बागमती प्रदेश सरकारको नेतृत्व गर्नका लागि अघि बढाएका हुन् । नेपाली काँग्रेसभित्र पार्टी, देश र जनताका पक्षमा निर्णय गर्दैगर्दा त्यागको राजनीति देखिएको भन्दै पार्टीका नेता, कार्यकर्ताहरुले बानियाँको प्रशंसा गरेका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेका नेपाली कांग्रेस र एमालेले कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेका छन् ।

यो पनि पढ्नुहोस्
बागमती प्रदेशको मुख्यमन्त्रीमा निर्विकल्प इन्द्र बानियाँ !

मानवतावाद’ राजनीतिका पर्याय इन्द्र बानियाँ

लामालाई सर्वसम्मत निर्णय गर्ने सभापति बानियाँको प्रस्ताव पारित भएको दलका सचिव कृष्ण तामाङले हिमालय पोष्टलाई जानकारी दिए ।

यसअघि समेत पटकपटक मुख्यमन्त्रीको दाबेदारका रुपमा अघि बढेर अन्यायमा परिरहेका बानियाँलाई नै काँग्रेसका तर्फबाट यसपटक मुख्यमन्त्रीका रुपमा अघि बढाउनुपर्ने पार्टीभित्र र बाहिर चर्चा चलेको थियो ।

दलका नेतामा झिनो मतले अघि बढेका लामा यसअघि पार्टीका तर्फबाट अर्थमन्त्री बन्दै बागमती प्रदेश सरकारमा सामेल भइसकेको भन्दै यसपटक भने सभापति समेत रहेका बानियाँले जिम्मेवारी पाउनुपर्ने माग उठेको थियो । यद्दपि बानियाँले नै पद भन्दा पनि पार्टीभित्रको एकता ठूलो हो भन्दै त्याग गरको र यसको दूरगामी रुपमा अर्थ रहने नेताहरुले बताएका छन् ।