काठमाडौँ – राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । पहिलो वरियतामा रहे पनि मुख्यसचिव बन्न असफल भएपछि ज्ञवालीले राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


ज्ञवालीले सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ सचिवलाई मुख्यसचिव बनाउने अभ्यास रहेकाले छोटो समयका लागि भए पनि मुख्य सचिव बन्ने आशा राखेका थिए । वरियता र योग्यताक्रममा आफूभन्दा तल रहेका एक नारायण अर्याललाई सरकारले मुख्य सचिव बनाउने भएपछि उनले राजीनामा दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनको राजीनामा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत समेत गरेको छ । ज्ञवाली भदौ २२ गते अनिवार्य अवकाशमा जाँदै थिए । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुमध्ये चौथो वरियतामा रहेका गृहसचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो ।