काठमाडौं– नेपालस्थित बंगलादेशी दुतावासको आयोजनामा यही फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म चौथो बंगलादेश एक्स्पो र दोस्रो नेपाल–बगलादेश बिजनेश फोरम हुने भएको छ । उक्त प्रर्दशनी भृकुटीमण्डपस्थित् प्रदर्शनी हलमा हुने जनाईएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर दुतावासले प्रर्दशनीको बारेमा जानकारी गराएको हो ।


ADVERTISEMENT


दुतावासका अनुसार उक्त पाँच दिने व्यापार मेलाले नेपाल र बंगलादेशबीच भैरहेको व्यापारिक साझेदारी र सम्बन्धलाई थप उचाईमा पुर्याउने विश्वास लिईएको छ । त्यस्तै नेपाली बजारमा बंगलादेशमा उत्पादन भएका विविध वस्तुहरुलाई चिनाउनको लागि पनि यो मेला महत्वपूर्ण कडी हुने आयोजकले विश्वास दिलाएको छ ।


ADVERTISEMENT

# # #


नेपालका लागि बंगलादेशकी राजदुत मास्फी बिन्ते शाम्स्ले भनिन्,‘यो मेला आयोजना गर्नुको मुख्य उधेश्य नै बंगलादेशमा उत्पादन भएका वस्तुहरुलाई नेपाली व्यवसायीहरु र उत्पादकहरुसँग चिनाउनु हो, हामी यो मेला आयोजना गर्न पाउँदा खुशी छौं ।’
त्यस्तै राजदुत शाम्सले यो मेलाले बंगलादेशका उद्योगी तथा व्यावसायीहरुलाई पनि नेपालको ठूलो बजारमा चिनिन टेवा पुग्ने विश्वास दिलाईन् । उनले भनिन्,‘नेपाल र बंगलादेशवीच भएको व्यापारिक सम्बन्धले दुई देशवीचको सम्बन्धलाई अगाडि बढाउन, र उन्नत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ, हामी दुवै देशले सामाजिक–आर्थिक विकास र आगामी समृद्धिको लागि सँगै मिलेर काम गर्नुपर्छ ।’

उक्त प्रर्दशनी मेलामा बंगलादेशका उत्पादनहरु शो–केसमा राखिने आयोजकले जनाएको छ । प्रर्दशनीमा विशेषगरि निर्माण सामग्री र कन्ट्रक्सनसम्बन्धी सामाग्री, फर्निचर, जुटसम्बन्धी सामाग्री, रेडिमेट गार्मेन्टस्, सारीहरु, महिलासम्बन्धी वस्त्रहरु, प्लाष्टिकका उत्पादनहरु, कस्मेटिक्स, छालाका उत्पादनहरु, फुटवेयर, आईटी सोलुसन, शैक्षिक सामाग्रीहरु, ब्याट्रीहरु, मोटरसाईकल, ज्वेलरी राखिनेछन् ।

त्यस्तै प्रर्दशनीमा आर्ट एक्सिबेजशन पनि हुनेछ । जसमा २३ जना प्रसिद्ध बंगलादेशका कलाकारहरुको बंगलादेशको संस्कृति झल्काउने जीवन्त तस्बीरहरु राखिनेछन् ।