काठमाडौं-चरी उपनामले कुख्याती कमाएका धादिङका दिनेश अधिकारी काठमाडौंको नयाँ बजारलाई आधार क्षेत्र बनाएर अपराधमा संलग्न थिए । थप उचाइ चढ्न एमाले प्रवेश गरेका उनी धादिङ–१ क्षेत्रीय कमिटीको उपाध्यक्षसमेत बने । राजनीतिक संरक्षणमा शक्ति बढेपछि उनले आफ्ना प्रतिस्पर्धीलाई दिउँसै गोली हान्न पनि थाले ।


ADVERTISEMENT


कांग्रेस ललितपुरका नेतासमेत रहेका मीनकृष्ण महर्जनलाई गोली हानेको पुष्टि भए पनि उनी पक्राउ परेनन् । शक्ति बढेको आत्मविश्वासमा चरीले पार्टीकै नेताहरूलाई समेत धम्क्याउन थालेका थिए ।


ADVERTISEMENT

# # #


पछि एमालेकै नेता वामदेव गौतम गृहमन्त्री रहेका वेला २१ साउन ०७१ मा प्रहरीले उनलाई ‘इन्काउन्टर’मा मार्‍यो । प्रहरीका अनुसार मोटरसाइकल चढेर धादिङतर्फ जाँदै गरेको अवस्थामा भीमढुंगामा उनीसँग मुठभेड भएको थियो ।

राजनीतिक संरक्षणले घैँटेको व्यवसाय जोगियो, ज्यान जोगिएन
काठमाडौं नयाँ बजारका स्थानीय कुमार घैँटे कांग्रेसी नेताहरूको छत्रछायामा हुर्किएका डन थिए । निर्माण व्यवसायीका अनुसार कांग्रेसका जगदीश्वरनरसिंह केसीको परिवार र कुमार घैँटे व्यावसायिक साझेदार नै थिए । घैँटे तरुण दलमा प्रवेश गरेर समाजसेवी पनि बनेका थिए । तर, उनले अपराध कर्म छाडेनन् ।

राजनीतिक आवरणमा उनले अपराध गतिविधि अझ मजबुत तुल्याए । अन्ततः घैँटे सामाखुसीस्थित निवासमै भएको प्रहरी इन्काउन्टरमा ३ भदौ ०७३ मा मारिए । प्रहरीका अनुसार सर्चमा गएको टोलीलाई उनले फायर खोलेका थिए । फेक इन्काउन्टर भएको भन्दै जगदीश्वरनरसिंह केसीले शिक्षण अस्पताल र संसद्मा समेत उत्तेजक भाषण गरेका थिए । तर, घैँटेलाई बचाउन ढिलो भइसकेको थियो । यसरी, राजनीतिक संरक्षणको विश्वासमा अपराध बढाउनु घैँटेका लागि आत्मघाती साबित भयो ।

इन्काउन्टरमाथि शंका
मनोजले हानेको गोली मोटरसाइकलमा, प्रहरीले हानेको गोली छातीमा पूर्वएआइजी राजेन्द्रबहादुर सिंह भन्छन्, ‘एकपछि अर्को इन्काउन्टरमा शंकै छ ।’

गोवामा पक्राउ नेपालमा गोली!
भारतको गोवामा केही दिनअघि नै पक्राउ गरेर ल्याइएको र बुधबार बिहान गोली हानिएको चर्चा छ । तर, रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवाली भन्छन्, ‘खोज्दै जाँदा देवदहको मुख्य सडकमा जम्काभेट भयो, उनीहरूले फायरिङ गरे ।’ ,आजको नयाँ पत्रिकाबाट