काठमाडौँ – नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान गरिएको छ । शुक्रबार प्राधिकरणको अध्यक्ष छनोटका निम्ति गठित सिफारिस समितिले अध्यक्षका लागि आवेदन आह्वान गरेको हो ।
अध्यक्षका लागि बीमा ऐन २०७९ को दफा ८ (१) बमोजिमको योग्यता अर्थात् तोकिएको विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा ५ वर्ष उच्च व्यवस्थापकीय अनुभव भएको व्यक्तिले अध्यक्षको लागि १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ ।



























































