काठमाडौं–स्पेनिस ला लिगा अन्तरगत मंगलबारको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड पराजित भएको छ । ला लिगाको यस सिजनमा उपाधि होडमा पछि परिरहेको रियल मड्रिड तुलनात्मक रुपमा कमजोर मानिएको स्पानियोलसँग १–० ले पराजित भएको हो ।


ADVERTISEMENT


निकै नै प्रतिस्पर्धात्मक खेलको ९० मिनेट गोलरहित बराबरीमा टुंगिएको थियो । ९० मिनेटपछि थपिएको ३ मिनेट अतिरिक्त समयको अन्तिममा गोल खान पुग्दा रियल मड्रिड स्तब्ध बन्यो । खेल सकिन केही सेकेन्ड मात्रै बाँकी रहँदा स्पानियोलका मोरेनो जेरार्डले गोल गरेका हुन्। २००७ पछि स्पानियोलले पहिलो पटक रियल मड्रिडलाई हराउँन सफल भएको हो ।


ADVERTISEMENT

# # #


ला लिगाको यस सिजनमा सुरुदेखि नै खराब प्रदर्शन गर्दै आएको रियल मड्रिडले पछिल्ला चार खेलमा उत्कृष्ट नतिजा निकालेको थियो । यस हारसँगै २६ खेलबाट ५१ अंक रहेको रियल मड्रिड अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

एक खेल कम खेलेका शीर्ष स्थानको बार्सिलोनाभन्दा १४ र दोस्रो स्थानको यथ्लेटिको मड्रिडभन्दा ७ अंकले पछि छ भने एक कम खेलेको चौथो स्थानमा रहेका भ्यालेन्सियाभन्दा २ अंकले मात्रै अगाडि रहेको छ।